पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता देखी सञ्चारकर्मीहरूको भिड

राजनीति

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।
काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका नेता तथा सञ्चारकर्मीहरूको भिड लागेको छ ।
यस अघि सोमबार मात्रै सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेकी हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट