`

प्रधानमन्त्रीद्वारा गुरुकुलका बटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

Nepal One HD ९ साउन २०८२ २०:०१
प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो विद्यालय मानिएको मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल)का बटुकको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गरेका छन्। आज मटिहानीमा गुरुकुल अवलोकन गरेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

गुरुकुलले प्राचीन भाषा र संस्कृतिको जगेर्नामा योगदान दिनुपर्ने प्रधानमन्त्रीले बताए । बटुकहरूको स्वास्थ्योपचारका लागि अक्षयकोष खडा गर्न सल्लाह दिँदै प्रधानमन्त्रीले रु. पाँच लाख सहयोगको घोषणा गरेको प्रधानाध्यापक ईश्वरी पौडेलले बताए ।

यो गुरुकुल विसं १७७५ मा स्थापना भएको मानिएको छ । यस गुरुकुलमा बाल गुरु षडाननले पनि शिक्षा लिनुभएको अभिलेखबाट देखिन्छ । पहिले ब्राह्मणहरूका लागि मात्र पठनपाठन गरिने यस विद्यालयमा अब सबै जातजातिका विद्यार्थी पढ्न पाउँछन् ।

प्रधानमन्त्री ओली गुरुकुल पुग्नुहुँदा प्रधानाध्यापक ईश्वरी पौडेलसहित बटुकले स्वागत गरेका थिए । बटुकहरूले रुद्राभिषेक पाठ गर्दै प्रधानमन्त्रीको स्वस्ति वाचन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *