सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

समाचार

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।
जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवारका १६ सदस्य सम्पर्कवबिहीन भएका हुन् ।
उनीहरु सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान गरिरहेकाे छ ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट