`

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन

Nepal One HD १२ साउन २०८२ १७:२१
प्रमुख खबर

काठमाडौं। संघीय संसद्अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ ।

त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *