नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

राजनीति

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ। आजको राष्ट्रिय भेलाको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
श्रेष्ठ पोखराको लिची बगैंचा जग्गा प्रकरणमा मुछिएकी थिइन्। यसबारे पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधे पनि उनले जबाफ दिएकी थिइनन्। अब भोलि बस्ने बैठकले नयाँ अध्यक्ष तोक्ने बताइएको छ ।
नाउपाका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् । बैठकमा उपस्थित हुँदै उनले कार्यवाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकि सिधैँ तोकेको भन्दै रन्जिताले यसबारे केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट