मेरो भ्रष्टाचारको केस नै होइन, प्रतिशोध हाे : माधव नेपाल

प्रमुख खबर

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको जिकिर गरे।
उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गर्दै भने, ‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन।’
यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट