`

अवरुद्ध भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा

Nepal One HD १८ साउन २०८२ १९:१०
समाचार

बागमती, १८ साउनः सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *