माओवादी स्थायी कमिटीको बैठक आज सकिने, प्रचण्ड जवाफ दिँदै

प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज समापन हुने भएको छ । नेताहरुले बोल्ने क्रम सकिएकोले आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने भएका छन् ।
बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्तावमा लगभग सबै नेताहरुको सहमति छ । उपमहासचिव जनार्दन शर्माले भने आफूले बोलेको विषयमा आत्मालोचित हुनुपर्ने हो भने अहिलेसम्म पार्टी खस्किएको जिम्मा अध्यक्ष प्रचण्डले पनि लिनुपर्ने मत राखेका थिए ।
प्रचण्डले आज कस्तो जवाफ दिन्छन? त्यसमा माओवादीको अन्तरद्धन्द्ध कति लामो जाने वा समाधान हुने कुरा निर्भर हुने नेताहरुको भनाई छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट