कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए ।
“नतिजा प्रकाशनमा केही ढिला भएको थियो । हामी यसैको तयारीमा लागेका थियौँ । आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी छ,” ती सदस्यले भने ।
प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट