आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

राजनीति

काठमाडौं। आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने भएको छ।मंगलबार प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक १० बजे बस्नेगरि तय भएको छ।
साथै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट