`

ब्राजिलबाट नेपाल आएकी महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन

Nepal One HD २३ साउन २०८२ १४:२५
अपराध

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् ।

ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएको अवस्थामा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् । शंकास्पद गतिविधि देखिएपछि उनीमाथि निगरानी बढाइएको थियो ।

उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *