`

झलनाथलाई भेट्न डल्लु पुगे नारायणकाजी

Nepal One HD २५ साउन २०८२ १४:४५
प्रमुख खबर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ ।

डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुपमा छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *