नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट