`

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो

Nepal One HD २८ साउन २०८२ ७:२७
प्रमुख खबर

काठमाडौँ, २८ साउनः इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ ।

नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ । विभागले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतह केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत सचेत गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *