नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय


काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।
हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।
नाउपाकाे संस्थापक सदस्यहरूको भेलाले साउन १५ गते श्रेष्ठलाई अपदस्थ गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेकाे थियो।
लालवीर नाउपाका संस्थापक अध्यक्ष रेशम चाैधरीका बुवा हुन् भने रञ्जिताका ससुरा हुन्। आयाेगकाे निर्णयले पत्नीलाई अध्यक्षबाट हटाएर बुवालाई स्थापित गराउने रेशमकाे प्रयास विफल भएको छ।
राजनैतिक दल सम्बन्धि ऐन र नाउपाको विधान अनुसार राष्रिय भेला अवैधानिक भएको ठहर गर्दै निवाचन आयोगले भेलाको निर्णय अस्वीकार गर्ने निर्णय गरेको हो ।
यससँगै अब अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । राष्ट्रिय भेलाले आफूलाई अध्यक्ष तोकेपछि उनले निर्वाचन आयोगमा दलको विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए । निवेदन परेपछि आयोगले रञ्जिता र लालवीर दुवैलाई पत्र लेखेर यसबारे जवाफ मागेको थियो । दुवैले आफैं अध्यक्ष भएको दाबी गर्दै जवाफ पठाएका थिए ।