`

राप्रपा युवा संघ काठमाडौंमा राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा

Nepal One HD २८ साउन २०८२ १३:४५
प्रमुख खबर

काठमाडौं।  राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ ।

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।

उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *