`

नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम, रेशम पक्ष किन चुपचाप ?

Nepal One HD २८ साउन २०८२ २१:५६
बिशेष

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेपछि अहिले रेशम चौधरी पक्ष चुपचाप बसेको छ । रञ्जिता विवादै विवादमा मुछिएपछि रेशम पक्षधरले १४ र १५ साउनमा काठमाडौंमा राष्ट्रिय भेला बोलाएर उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । पदमुक्त गर्ने निर्णय गरेर राष्ट्रिय भेलाले श्रेष्ठ को स्थानमा लालवीर चौधरीलाई नयाँ अध्यक्ष तोकेको थियो ।

तर आयोगले नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने बतायो । अहिले यस बिषयमा रेशम चौधरी पक्षको कुनै पनि निर्णय आएको छैन । आयोगको निर्णय बारेमा संरक्षक रेशम पक्षको बैठक बसेर मात्रै जानकारी आउने महासचिव ठाकुरसिंह थारूले बताउका छन् ।

उनले आयोगको निर्णयले सबै नेता तथा कार्यकर्ताहरूलाई एकबद्ध भएर हिँड्नुको विकल्प नभएको सन्देश दिएको बताए । आयोगको निर्णयलाई सबैले स्वीकार गर्दै पार्टीको अगामी कार्यक्रम, नीति र पद्धतिका लागि एकजुट हुनुपर्ने उनले प्रतिक्रिया दिए ।

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा श्रेष्ठ मुछिएकी थिइन् ।पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिसँग निरन्तर संवाद भएको खुलेको थियो। पोखराका बिचौलियासँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने उनले आश्वासन दिएकी थिइन् । त्यही प्रकरणमा रञ्जितालाई अख्तियारले बयानका लागि पनि बोलाएको थियो । यसै बिषयमा रेशम पक्षधरले उनीमाथि उठेका प्रश्नको स्पष्टीकरण सोधेको थियो तर रञ्जिताले जवाफ दिएकी थिइनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *