`

बुढा पार्टीका युवा नेता नेम्बाङले दिए कारागारको अवस्था सुधारका सुझाव, अब रबीलाई पनि छुट्टै सुविधा

Nepal One HD २९ साउन २०८२ २१:१०
प्रमुख खबर

काठमाडौं – सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनी अहिले कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापतिमाथि सरकारले प्रतिशोध साधेको भन्दै देशभर हस्ताक्षर अभियान चलाइरहेको छ । यसैबीच केहीदिनअघि कारागारमा रहेका लामिछानेको सुरक्षा अवस्थामा खेलबाड गरिएको र कुनै सुविधा नदिइएको भन्दै सामाजिक सञ्जाल तातियो । उनी रहेको कोठामा झ्याल पनि बन्द गरि अध्यारोमा गुम्साइएको भन्दै समाचार आएपछि राष्ट्रिय मानवअधिकार आयोगले लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन पनि गर्यो ।

अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरे । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले अनुगमनमा रविलाई ‘न्यूनतम सुविधा नदिएको’ पाइएको बतायो । सदस्य थापाले रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।

उनले कोठाभित्र एसी पनि नदेखेको र कारागारमा पत्रपत्रिका नआउने भएकाले त्यो सुविधाबाट रबी वञ्चित रहेको कुरा उनले गरिन् । अहिले सरकारले लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै एउटा कोठामा राखिएको जनाएको छ ।

अहिले कारागारमा क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राख्नाले समस्या उत्पन्न भइरहेको प्रतिक्रिया आइरहेको छ । कारागारमा अत्यधिक संख्यामा कैदी बन्दी राख्दा अवस्था दयनीय बनेको अवस्थामा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले भने कारागारको अवस्था सुधारको लागि केही सुझाव दिएका छन् । उनले कारागारको अवस्था सुधारको लागि ६ उपाय बताएका छन् । उनले कैदीको भिड घटाउन समुदाय सेवा, नजरबन्द जस्ता वैकल्पिक सजाय गर्ने जीर्ण कारागार भवन पुननिर्माण गर्र्नुपर्ने सुझाव दिएका छन् । यस्तै उनले कारागारमा स्वास्थ्य सुविधा र खानाको व्यवस्थामा लगानि गर्नुपर्ने बताएका छन् । यस्तै उनले यातना र दुव्र्यबहारका घटनामा अनुसन्धान कारबाही गर्ने र मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्ने सुझाव दिएका छन् । उनले कारागारको अवस्था सुधारको लागि प्रयाप्त गार्ड प्रहरीको नियुक्ति सिसिटिभि जडान गर्नु र कैदीलाई व्यवसायिक तालिमको पनि व्यवस्थापन गर्नु राम्रो हुने बताउका छन् । यस्तै नाइके भाई नाइके नियमावलिमा तोकेरै राखिनु आश्चर्य लाग्दो बिषय र यसले विर्कति ल्याइरहेको होकी भन्ने उनलाई लागिरहेको छ ।

उनको कारागारको सुधारको लागि यी सुझाव साच्चै नै उपयोगि देखिएको छ । कारागार कार्यालयले पछिल्लो समय चर्चामा रहेको लामिछानेको बिषयलाई लिएर बिहीबार प्रेस विज्ञप्ति जारी गरी उनलाई छुट्टै कोठामा राखिनुका साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको जनाएको छ ।

‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,’ कारागार प्रशासक सुरेश भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।

‘सबै बन्दीहरु बिच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकारमैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ‘कारागार भित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारिक सूचना लिइ सत्यतथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *