`

भियतनामकी उपराष्ट्रपति सुआन आज नेपाल आउँदै

Nepal One HD ७ भदौ २०८२ ७:४४
राजनीति

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन्।

उपराष्ट्रपति सुआनले आज भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने कार्यक्रम छ। भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *