`

सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाउने

Nepal One HD ८ भदौ २०८२ १४:२९
राजनीति

काठमाडौँ । अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत्‌ जसपाले यस्तो निर्णय गरेको हो ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन्‌ ।

उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्‍जु झालाई सरकारमा पठाउने निर्णय भएको सो पार्टीका नेताहरूले बताएका छन्‌ । नेताहरूका अनुसार, ती मन्त्रीहरूले यही भदौ ११ गतेभित्र राजीनामा दिनेछन्‌ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *