`

अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

Nepal One HD १२ भदौ २०८२ १५:१०
राजनीति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

ह्वाट्सएपबाट गालीगलौच गरेको आरोपमा पाँडेलाई प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको थियो । ब्यूरोमा उजुरी परेको जानकारी पाएपछि बुझ्न आफैँ कार्यालय पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरलाई भने बुधबार नै प्रहरीमा उपस्थित भएर सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *