इन्द्र ध्वज भोटाहिटीबाट तानेर हनुमानढोका लगियो

फिचर

काठमाडौँ । आइतबार बिहान नेपाली भक्तजन र सेनाले भक्तपुरको नाला जंगलबाट विधिवत् रूपमा काटेर ल्याइएको योंशी (इन्द्र ध्वज) भोटाहिटीमा राखिएको स्थानबाट तानेर हनुमानढोका दरबार क्षेत्रतर्फ प्रवेश गराएका छन्।
आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्व स्वर्गका राजा तथा वर्षाका देवता इन्द्रको सम्मानमा आयोजना गरिन्छ। यस वर्ष योंशी उठाउने शुभसाइत भदौ १९ गते बिहान १०:३१ बजे तोकिएको छ भने, नगर प्रवेशका लागि भोटाहिटीबाट तानेर ल्याउने शुभसाइत बिहान ९:५२ बजे तय गरिएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट