`

हुवावे र इजिप्टएयरबीच साझेदारी : इजिप्टको आर्थिक तथा डिजिटल विकासमा सहयोग

Nepal One HD १५ भदौ २०८२ १७:५०
विश्व

चीनको प्रविधि कम्पनी हुवावे र इजिप्टको राष्ट्रिय वायुसेवा कम्पनी इजिप्टएयरबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ, जसले इजिप्टमा व्यवसाय विस्तार गर्नुका साथै देशको आर्थिक तथा डिजिटल विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

शनिबार जारी गरिएको संयुक्त वक्तव्यअनुसार, यस सम्झौताले हुवावेका कर्मचारीहरूका लागि इजिप्टएयरलाई आधिकारिक वायुसेवा बनाएको र दुबै कम्पनीबीच इजिप्टको डिजिटल रुपान्तरणमा सहकार्यको ढोका खोलिएको छ ।

इजिप्टएयरका अध्यक्ष अहमद आदेलले साझेदारीले कम्पनीलाई नयाँ प्रविधि अवलम्बन गर्न, प्रणाली सुधार गर्न तथा यात्रुहरूको अनुभव सहज बनाउनेतर्फ मद्दत पुग्ने बताएका छन्। साथै, उक्त सम्झौता अन्तर्राष्ट्रिय बजारमा कम्पनीको विस्तार तथा डिजिटल सेवामा सुधार गर्न सहयोगी हुने उनले उल्लेख गरेका छन्।

हुवावे ग्लोबल व्यवसायिक यात्रा उपाध्यक्ष लाङ चाओले चिनियाँ कम्पनीहरूलाई इजिप्टएयरको सञ्जालसँग जोड्दा व्यापारिक यात्रा सहज हुने, आर्थिक सहकार्य बलियो हुने र सांस्कृतिक आदानप्रदान पनि बढ्ने बताएका छन् ।

हुवावे इजिप्टका वरिष्ठ उपाध्यक्ष डो योंगले कम्पनीका डिजिटल समाधानहरूले इजिप्टएयरलाई विश्वव्यापी प्रतिस्पर्धामा टिक्न सहयोग गर्ने र सञ्चालन प्रणालीलाई आधुनिक बनाउने उल्लेख गरेका छन् ।

यो साझेदारी इजिप्टको डिजिटल पूर्वाधारमा लगानी गर्ने हुवावेको दीर्घकालीन योजनाको एक हिस्सा हो, जसले देशको समग्र आर्थिक वृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *