बंगलादेशसँग खेल्नुअघि दशरथ रंगशालामा राष्ट्रिय टोलीको अभ्यास (तस्बिरहरु)

खेलकुद

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले लामो समयपछि दशरथ रंगशालामा अभ्यास गरेको छ । यही भदौ २१ र २४ गते हुने बंगलादेश र नेपालबीचको खेलअघि मंगलबार टोलीले अभ्यास गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दैछ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएपछि पहिलोपटक अन्तराष्ट्रय खेल हुँदैछ । खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ।
बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट