`

काठमाडौं उपत्यकामा लिङ्गो ठड्याएर सुरु गरियो इन्द्रजात्रा (तस्बिरहरू)

Nepal One HD १९ भदौ २०८२ १२:५७
फिचर

काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो।

काठमाडौँको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।

यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *