`

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन अदालतको जोखिमपूर्ण फैसला अघि अचानक प्रस्थान

Nepal One HD २० भदौ २०८२ १४:३८
विश्व

थाइल्यान्ड । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाड्ेका छन् । उनले देश छाडेको पाँच दिनपछि अदालतले उनलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ ।

उनीको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो । अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो ।

पेटोङ्टार्नको उत्तराधिकारी चयनका लागि शुक्रबार संसद्मा मतदान हुने तय थियो । धेरैले यसलाई थाक्सिनको दुई दशकभन्दा लामो राजनीतिक प्रभावको अन्त्यको सङ्केतको रूपमा हेरेका छन् । यस अवधिमा उनीविरुद्ध थुप्रै मुद्दा दर्ता भए पनि उनले जेलमा लामो समय बिताएका छैन ।

बैङ्ककको डन मुयाङ विमानस्थलमा थाक्सिनले अध्यागमन अधिकारीलाई आफ्नो निजी जेट सिङ्गापुरतर्फ जाने बताए । प्रहरीले पुष्टि गरेअनुसार उनीमाथि कुनै गिरफ्तारी वारेन्ट वा रोक आदेश नभएकाले ७ बजेपछि विमानलाई उडान अनुमति दिइयो ।

तर एपीले विश्लेषण गरेको फ्लाइट–ट्र्याकिङ डाटाले उनको बोम्बार्डियर बीडी–७०० जेट सिङ्गापुरतर्फ गएको देखिए पनि अचानक पश्चिम फर्केर दुईपटक घुमी भारततर्फ अघि बढेको देखाएको छ ।

थाक्सिनले एक्समा उनी मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेखेका छन् । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उनले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताए ।

थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आएका थिए। उनले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गरेका छन्।

उनको यो यात्राले सम्भावित जेल सजाय टार्ने प्रयास भएको शङ्का जन्माएको छ । तर उनले मङ्गलबार अदालतमा उपस्थित हुन थाइल्यान्ड फर्किने इच्छा प्रकट गरेका छन् ।

थाक्सिन सन् २००१ देखि सन् २००६ मा सैनिक कूले अपदस्थ नभएसम्म प्रधानमन्त्री पद सम्हाल्दै आएका थिए । सन् २००८ मा संक्षिप्त रूपमा थाइल्यान्ड फर्किए पनि भ्रष्टाचार मुद्दाको फैसला अघि उनी फेरि विदेश गएका थिए।

भ्रष्टाचार, शक्तिको दुरुपयोग र राजतन्त्रप्रति अनादरका आरोपमा उनलाई निर्वासन गरिएको थियो । सन् २०२३ मा उनी फर्केर भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा आठ वर्षको सजाय भोग्नुपर्ने थियो । तर स्वास्थ्य कारण जेलको सट्टा पुलिस जनरल अस्पतालमा राखिए । पछि राजा महा भाजिरालोङ्गकोर्नले सजाय एक वर्षमा घटाइयो र उनी छ महिनापछि प्यारोलमा रिहा भए ।

विशेष उपचार पाएको आरोपबीच मङ्गलबारको सर्वोच्च अदालतको फैसला निर्णायक हुने मानिएको छ । अदालतले सुधार विभागले उनको मुद्दा कानूनअनुसार सम्हालेको वा नसम्हालेको भन्ने ठहर गर्नेछ । यदि थाक्सिन प्रत्यक्ष संलग्न ठहर भए भने नयाँ जेल सजाय सम्भावित छ ।

पद छाडेयता थाक्सिनले मुद्दाहरूलाई राजनीतिक प्रेरित भनेका छन् । गत महिना उनलाई शाही मानहानि ९लेसे–माजेस्टे० आरोपबाट मुक्त गरिएको थियो । उक्त आरोपले उनलाई १५ वर्षको जेल सजाय दिन सक्थ्यो ।

उनकी बहिनी, यिङलक सिनावात्रा सन् २०१७ मा अपदस्थ भएपछि पनि दुबईमा निर्वासनमा हुनुहुन्छ र अनुपस्थितिमा दोषी ठहर भएका छन् ।

दुबई, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर, राजनीतिक वा कानूनी चुनौती भोगेका नेताहरूको आश्रयस्थल रहँदै आएको छ ।

त्यहाँ पाकिस्तानी जनरल परवेज मुशर्रफले समेत बसोबास गरेका थिए । मुशर्रफले सन् १९९९ मा कू गरी सत्ता कब्जा गरेका थिए र पछि अफगान युद्धमा अमेरिका पक्षमा उभिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *