बुटवल र दाङमा पनि जेनजीको प्रदर्शन

प्रमुख खबर

बुटवल । सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ लगायतका नारा लगाएका छन् ।
यस्तै जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् । उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट