`

आन्दोलनकारीलाई संयमित रहन डा. सुन्दुक रुइतको अपिल

Nepal One HD २४ भदौ २०८२ १६:४४
समाज

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले आन्दोलित जेनजी पुस्तालाई संयमित रहन अपिल गरेका छन् । असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनु भएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनु भएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’

उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन् । ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ । संयम बनौं,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *