`

ब्रातिस्लाभामा दोस्रो विश्वयुद्धको बम फेला

Nepal One HD २४ भदौ २०८२ १७:०९
विश्व

निर्माण कार्यका क्रममा स्लोभाकियाको राजधानीमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि मङ्गलबार डाउनटाउन क्षेत्र निकासी गरिएको अधिकारीहरूले जनाएका छन् ।

आपत्कालीन व्यवस्थाले डेन्युब नदी पार गर्ने प्रमुख पुलसहित ब्रातिस्लाभाको डाउनटाउनका धेरै ब्लकलाई प्रभावित पारेको थियो । बिहानको भीड समयमा सार्वजनिक यातायात र सम्पूर्ण यातायात पूर्ण रूपमा रोकिएको थियो ।

विज्ञहरूले सोमबार साँझ फेला परेको पाँच सय पाउन्ड( दुई सय २५ किलोग्राम) तौलको बमलाई दिउँसोसम्म निष्क्रिय पार्ने योजना बनाएका छन् ।

यस क्षेत्रमा रहेको एउटा तेल प्रशोधन केन्द्र सन् १९४४ मा युद्धको समयमा मित्र राष्ट्रहरूको बमबारीको निशाना बनेको थियो । त्यतिबेला स्लोभाकिया नाजी कठपुतली राज्यको रूपमा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *