अफगानिस्तानमा सडक दुर्घटना हुदाँ ११ जनाको मृत्यु एक घाइते

विश्व

उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा सवारी साधन खोलामा खसेर दुर्घटना हुँदा ११ जना यात्रुको मृत्यृ हुनुको साथै एक जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले मङ्गलबार बताएका छन ।
चालकको लापरवाहीका कारण दराइम जिल्लामा यो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख सैयद मिर खङ्गरले पुष्टि गर्नुभयो । उहाँका अनुसार एक परिवारका सात जनासहित ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यसअघि सोमबार बिहान पूर्वी गजनी प्रान्तमा कार र बसको टक्करमा छ जनाको ज्यान गएको थियो भने अर्का एक जना घाइते भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट