परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाले गर्यो आग्रह

बिशेष

काठमाडौं । नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ । ‘यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ ।’ सेनाले भनेको छ, ‘साथै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।’
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहिआएको उल्लेख गर्दै युवाहरुलाई संयमित रहन आग्रह गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट