मेयर साम्पाङको चेतावनी : नेपाल काठमाडौं मात्रै होइन

राजनीति

काठमाडौं । धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ताका पहल भइरहेका बेला आज (बुधबार) बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।
‘नेपाल काठमाडौं मात्रै होइन, जेनजी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट