`

अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन

Nepal One HD २५ भदौ २०८२ २२:४०
बिशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् ।

जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।

बालेनले बुधबार साँझ फेसबुकमार्फत एक स्टाटस लेख्दै अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति उनले समर्थन जनाएका छन् ।

उनले लेखेका छन् ,‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’ ।

अहिले नेतृत्वमा आउन चाहेकाहरुलाई पनि उनले धैर्यता गर्न आग्रह गरेका छन् ।

‘तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *