`

मेरो रिस वृद्ध बा–आमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् : गभर्नर पौडेल

Nepal One HD २६ भदौ २०८२ ८:१७
प्रमुख खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बुवा–आमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति दुःखेसो व्यक्त गरेका छन् । उनले ललितपुरको भैँसेपाटीस्थित आफ्नो घर जलाएर पनि नपुगी बिरामी बुवाआमा बसिरहेको चितवनस्थित घरमा ढुंगामुढा गरिएका चित्त दुखाएका हुन् ।

‘सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो । उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नु भएको पनि हो’, घरमा आक्रमण गरिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै बिहीबार बिहान उनले लेखेका छन्, ‘मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् ।’

गभर्नर पौडेलका अनुसार चितवनको घर लगभग १५ वर्षअघि उनी विद्यार्थी छँदा नै बनाइएको हो । जहाँ उनी अहिले पनि हरेक हप्ता बाआमासँग बसेर खाना खान पुग्थे ।

‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्त अल्पता भइराखेर बाँच्नु हुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नु भएका बाका सबै सन्तान यहीँ जन्मेका हुन्’, पौडेलले भनेका छन्, जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधैँ कक्षामा फस्र्ट हुन्थें । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयूमा प्राध्यापक भएँ । बाआमा दुवै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *