आगजनी पछिको मन्त्री निवास तस्बिरमा यस्तो देखियो

फिचर

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन् ।
आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरुको उद्धार गरेको थियो ।
बुधबार मन्त्री निवास पुग्दा सुनसान थियो । झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ । प्रदर्शनकारीले कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट