`

घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक: युक्रेन भ्रमण

Nepal One HD २७ भदौ २०८२ १५:३१
विश्व

बेलायत । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुगेका छन्। यो उनको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।

ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।

उनका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उनको निरन्तर सहयोग रहने जनाएका छन् ।

राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भने, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *