जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो


काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।
आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ । मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।