महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल सिफारिस

राजनीति

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।
महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वीकृत भए लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउने गरी तयारी थालिएको हो ।
उनी महान्यायाधिवक्ता नियुक्त भएमा उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट