शपथ लगतै कुलमान पुगे घाइते र मृत्तकका आफन्त भेट्न अस्पताल

प्रमुख खबर

काठमाडौं । नव नियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ शपथ ग्रहण लगत्तै अस्पताल पुगेका छन् । उनी मन्त्रालय नगई सिधै जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू र मृतकका परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन् । घिसिङसहित तीन जना मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अस्पतालबाट उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् । ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट