एमालेको कार्यालय जलाए पनि आस्था र विश्वास जलाउन सकिंदैन : राजीव पहारी
राजनीति
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले जेनजीको नाममा केहि अराजक तत्वहरुले एमालेको पार्टी कार्यालयमा आगजनी गरेको बताएका छन् । एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयहरु जलाए पनि नेकपा एमालेप्रतिको आस्था र विश्वास जलाउन नसक्ने बताएका छन् ।
उनले अब एमालेले देशभर जलेका, ढलेका कार्यालय बनाउने मात्र नभई अबको निर्वाचनमा वहुमत ल्याएर सरकार बनाउने समेत दावी गरे । आज देशभरी एमालेलगायत विभिन्न राजनीतिक दलका नेताको घर, सरकारका सम्पति जलाउने काम जेनजीको आवरणमा गरिएको उनले बताए ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
