`

जेनजीको आन्दोलन आँधीहुरी जस्तो आयो, गइसक्यो : महेश बस्नेत

Nepal One HD ३१ भदौ २०८२ १६:०६
राजनीति

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजीको आन्दोलन आँधीहुरीको रुपमा आएर गइसकेको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता बस्नेले नेकपा एमाले देशभर सक्रिय भइसकेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए । युवा संघले आयोजना गरेको यस कार्यक्रमको उद्देश्य दुई वटा रहेको समेत नेता बस्नेतले बताए । उनले आजको यस कार्यक्रमले नेकपा एमालेको पार्टी कार्यालय सरसफाइ र पुनर्निर्माण र देशभर नेकपा एमाले सक्रिय भइसकेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

नेता बस्नेतले अहिले भौतिक असुरक्षाको कुनै अवस्था नभएको बताएका छन् । उनले पार्टीको गतिविधिहरु निर्वाध रुपमा सञ्जाल गर्न आश्वान गरिसकेको समेत बताए । आन्दोलनपछि मनोवैज्ञानिक असरहरु छन् कि जस्तो लागे पनि भौतिक रुपमा कुनै असुरक्षाको वातापरण नरहेको नेता बस्नेतले बताएका छन् । जेनजीको आन्दोलन आँधीहुरी जस्तो दुई दिन आएर गइसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *