`

कुलमानलाई फेसबुकबाट हितेन्द्रको बधाई

Nepal One HD ३१ भदौ २०८२ १८:००
राजनीति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मन्त्री बनेको दुई दिनपछि कुलमान घिसिङलाई बधाई दिएका छन् । घिसिङ प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक हुन् । उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए ।

त्यसपछि शाक्य सर्वोच्च अदालत पुगेका थिए । कुलमानलाई पनि निवर्तमान अपदस्थ सरकारले बर्खास्त गरेको थियो । उनी पनि सर्वोच्च पुगेका थिए । तर जेनजी प्रदर्शनसँगै ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । प्राधिकरण ऊर्जा मन्त्रालयको मातहतको निकाय हो । शाक्यलाई नै निर्देशन दिने तहमा घिसिङ पुगे पनि शाक्यले बधाई दिएका थिएनन् । आज बल्ल शाक्यले फेसबुकमा लेखेर बधाई दिएका हुन् ।

‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनु भएका श्री कुलमान घिसिङ ज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ’, शाक्यले भनेका छन् । सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *