आजदेखि बैंकहरुमा नयाँ ब्याजदर, कसको कति ?


काठमाडौं । बैंकहरूले आजदेखि लागु हुनेगरी नयाँ ब्याजदर घटाएका छनु । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले बुधबारदेखि लागु हुनेगरी नयाँ ब्याजदर कायम गरेका हुन । बैंकहरूले भदौ महिनाको तुलनामा असोजका लागि निक्षेपको अधिकतम ब्याजदर औसतमा ० दशमलव २० प्रतिशत बिन्दुले घटाएका छन् । २० वाणिज्य बैंकहरूमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने, ३ बैंकले बढाएका छन । र ७ वटाले भदौ महिनाकै ब्यजदारलाई यथावत राखेका छन् ।
असोज महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सन्राइज बैंकले भदौको तुलनामा असोजमा निक्षेपको ब्यजदर बढाएका छन् । प्राइम, सानिमा, एभरेस्ट, सिटिजन्स, एनआईसी एसिया, कुमारी, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र नेपाल बैंकले निक्षेपको ब्यजदर घटाएका छन् । यता प्रभु, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र एनएमबी बैंक भदौको ब्याजदरलाई यथावत राखेका छन् ।