`

पोर्चुगलमा दशैंमा स्वदेश फर्किन लागेका नेपालीहरूको आवास अनुमति पत्र खारेज

Nepal One HD २ असोज २०८२ १२:५२
प्रमुख खबर

काठमाडौं । नेपालमा भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्केपछि नेपालमाथि विभिन्न देशहरूले रोक लगाउन थालेका छन् । युएईले वर्किङ र पर्यटन दुवै भिसा बन्द गरेको छ । दक्षिण कोरियाले पनि ई–७ भिसा रोकेको छ । यसैबीच पोर्चुगलले समेत आवास अनुमति पत्र लिएर देश बाहिर जान नेपालीलाई रोक लगाएको छ ।

भारतले पनि सीमामा कडाइ गरेको छ । उनीहरुलाई पोर्चुगलले विमानस्थलमै रोकेको हो । देश छोड्न नपाउने भएपछि दशैं मनाउन हिँडेका नेपाली रोकिएका छन् । बुधबार १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो । यसमा केही नेपाली पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *