नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन

फिचर

काठमाडौँ । काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरेका हुन् ।
नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए । उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकी, लगायत बनेपामा पनि नागरिक सहायता आज बाट सञ्चालमा ल्याइए उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट