`

मधेस प्रदेश सरकारले जेनजी आन्दोलनका सहिद परिवारलाई दुई लाख ५० हजार प्रदान गर्ने

Nepal One HD ३ असोज २०८२ २०:१५
प्रमुख खबर

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूप्रति मधेस सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेकोे छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने जेनजी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *