कामपाले तीन वर्षदेखि रोकिएको ‘उज्यालो महानगर योजना’ फेरि अघि बढायो


काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षदेखि रोकिएको ‘उज्यालो महानगर योजना’ फेरि अगाडि बढाएको छ । काठमाडौंका मेयर बालेन शाहले विगत तीन वर्षदेखि विधिध कारणले रोकिएको योजना फेरि अगाढि बढाइएको जानकारी गराएका ह्न । मेयर शाहले करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् । उनले जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेको जनाएका छन् ।
दशैं भन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताइएको छ । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी ‘सोलार स्ट्रिट लाइट’ (सडक बत्ति) लाई इलेक्ट्रिकलमा बिस्थापित गरी हाल बलिरहेका छन् । साथै करिब ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको छ, जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको जनाइएको छ ।