`

जेनजी आन्दोलनका घाइते थप एकको मृत्यु, मृतक संख्या ७६ पुग्यो

Nepal One HD १३ असोज २०८२ १५:५६
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको आज बिहान पौने २ बजे ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको हो । गत असोज २४ गतेको प्रदर्शनमा भाग लिँदै गर्दा बालाजु क्षेत्रमा राईको टाउकोमा गोली लागेको थियो ।

त्यसपछि उनलाई तत्काल ट्रमा सेन्टर ल्याएर आइसियूमा उपचार भइरहेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राईको मृत्यु भएको पुष्टि गरेका छन् । यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । तीमध्ये १० जना कैदीबन्दी रहेको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *