सुदन गुरुङ लक्षित हर्क साम्पाङका आरोप : यिनीहरु विदेशी पैसामा पालित दलाल हुन्


काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले जेनजी प्रतिनिधिहरुप्रति कडा आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेको भन्दै आरोप लगाएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेका छन् । यिनीहरु विदेशी पैसामा पालित पोषित हुन् । सबैले बहिष्कार गरौं ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । कार्कीको नेतृत्वका सरकार निर्माणमा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो प्रभाव जमाएका थिए । जेनजी आन्दोलन अघि कुनै भूमिकामा नदेखिएका गुरुङ सरकार निर्माणमा भने एकाएक अगाडि आएका थिए ।