`

विश्वकप छनोटका लागि सन्दीपसहित नेपाली टोली घोषणा

Nepal One HD १७ असोज २०८२ १२:४९
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । युएईमा भएको वेष्ट इण्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारवाही भोगेका सन्दीप लामिछानेलाई समेट्दै टोली घोषणा भएको हो । टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले यसअघि वेष्ट इण्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

छनोटका लागि नेपाली टोली ओमान पुगिसकेको छ। विश्वकप छनोट अक्टोबर ८ देखि सुरु हुनेछ । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *